Boost Your Immune System

Go through the below link and get free access to read the e-book “Boost Your Immune System.

Go through the link and get free access to read the e-book “Boost Your Immune System.

कलम त मल्हम जस्तै होस


कलम त कलम नै हो तर त्यही कलम कहिले गरिब निमुखा र असहायको हिमायति बन्दछ त कहिले त्यही पिडित बर्गको नै दुष्मन बन्दछ । कुनै कलमले पुँजिबाद सही छ भनेर लेख्छ कुनै कलमले साम्यबादको विकल्प नभएको लेख्छ । कुनै कलमले पञ्चायतको रक्षा गरेर बस्यो अनि कुनै कलमले प्रजातन्त्र लेराउने काम ग–यो ।
त्यसैले कलमले जे लेख्यो त्यही सही अनि सत्य भन्ने हुँदैन रहेछ किनकि यहाँ कतिपय कलमहरुले हजारौँ मानिसहरु मारिँदा पनि जायज देख्दछन अनि त्यही लेख्दछन । आजकल त मलाई यो कलम प्रति पनि बडो अविश्वास जागेर आएको छ । मलाई मात्र कहाँ हो र ? अँझ नेपाली समाजमा त यसले आफ्नो स्थान आफैँले स्वात्तै खसालेको छ ।
खल्तिमा सजिएर बसेको कुनै कलमले मानिसको व्यक्तित्व बढाउने काम गर्दछ भने कुनै कलमले मसि छादिदिएर सर्टमा लत्पतिएर व्यक्तिको व्यक्तित्व नै गिराउने काम गर्दछ ।
त्यसैले यो कलमको भर नहुँदो रहेछ । कहिले अन्याय र अत्याचारका पक्षपाति कत्रा कत्रा तानासाहलाइनै ढाल्न तत्पर हुन्छ कहिले अन्यायमा परेका बिचराहरुको नै घाँटि न्याक्न थाल्छ ।

कलमले समाजमा कलह थप्ने काम नगरोस ।
कलम त मल्हम जस्तै होस जसले समाजका घाउ सजिलै निको पारोस ।

छातिमा जोस र पाखुरीमा बल भएका तमाम युवाहरु…

युवाहरुको सामाजिक र आर्थिक अवस्था सुदृढ गर्ने उद्देश्यले विश्वभर मनाइने, विश्व युवा दक्षता दिवसको उपलक्ष्यमा संपुर्ण युवायुवतीहरुमा धेरै धेरै शुभकामना अनि उत्तरोत्तर प्रगतिको कामना ।छातिमा जोस र पाखुरीमा बल भए पनि उचित सिप र दक्षताको अभावले गर्दा युवायुवतिहरुले आफ्नो आर्थिक र सामाजिक अवस्था सुदृढ गर्न सकिरहेका छैनन । उनीहरुलाई बेरोजगारीको समस्याले पिरोलेको छ । रोजगार भइहाले पनि कम पैसामा काम गर्न बाध्य छन । वयस्कहरुको तुलनामा युवाहरुले बढि काम गर्ने भएपनि सिप र दक्षताको अभावको कारणले पारिश्रमिक भने कम पाउने गरेका छन ।
अँझ हाम्रो देशमा त झन बेरोजगारीको समस्या अँझ बढि डरलाग्दो छ । हाम्रो जस्तो विकासोन्मुख देशले त झन जोशिला र बलिया वर्गमा पर्ने युवाहरुलाई सिप सिकाएर र दक्ष बनाएर काम लिएमा देश विकासको लागि कोशे ढुङ्गा सावित हुनेछ, साथसाथै युवाहरुको दक्षता, क्षमता अनि अवस्था सुदृढ हुनेछ । त्यसैले सरकार, स्थानिय निकाय र युवाहरुको लागि भनेर सञ्चालित एन.जि.ओ, आइ.एन.जि.ओ.हरुको यस प्रति ध्यान जाओस कि, सुरुमा त युवाहरुलाई शिक्षित बनाउनु प–यो, सिप सिकाउनु प–यो त्यसपछि अनि दक्षता हाँसिल गर्न सिकाउनु प–यो । अँझ बढि मनन योग्य कुरा त युवाहरु आफैँ पनि सिप र दक्षताको लागि लागिपर्नु प–यो, जागरुक हुनुप–यो ।
अन्तमा फेरीपनि संपुर्ण युवाहरुमा विश्व युवा दक्षता दिवसको शुभकामना ।

जाग जन जाग मन जाग नेपाल …

जाग जन जाग मन जाग नेपाल ।
अवश्य नि पाउँछौँ हाम्ले मिहनेतको फल ।।

ज्ञान बुद्धि विवेक र सिपमुलक काम ।
काम गर्ने खाने बस्ने आफ्नै गाम ठाम ।।

केही गर्छौँ सबै मिल्छौँ देशको नाम राख्छौँ ।
मिलिजुली अघि बढ्ने प्रण हामी गर्छौँ ।।

एकै स्वर लय एकै ताल चाल हाम्रो ।
भरिपूर्ण सम्पदाको देश हाम्रो राम्रो ।।

जाग जन जाग मन जाग नेपाल ।
देशको शान देशको नाम इज्जत सम्हाल ।।
लुटि ठगि होइन खाउँन मिहनेतको फल ।।।

आजकल त गाउँ उराठ उराठ भएको छ

आफ्नो देश छाडि खाडि पसेका ए युवा हो ।
मरभुमीमा पसिना बगाई महल ठडाउने,
अनि हरियाली बनाउने ए युवा हो ।
तिमीले छोडेर गएका घना जङ्गलहरु डढेलोले उराठ बनाइसक्यो ।
तिमीले खेति गर्ने फाँटहरु,
प्लटिङले टुक्रा टुक्र भइसके ।
तिम्रो जीवनसङ्गीको तिमीले देखेको,
त्यो हँसिलो अनुहारमा चमक हराएर फिक्का फिक्का देखिन थालिसक्यो ।
तिमीले देखेको तिम्रा बा–आमाको कालो कपाल फुलेर सेतै भइसके,
अनि अनुहारभरी चाउरी परिसके ।
तिमी बिदेश जाँदा, पेटमा भएको तिम्रो छोरोले,
तोते बोलीमा बाबा भनेको तिमीले सुन्नै नपाइकनै,
उ स्कुल जाने भइसक्यो ।
त्यतिमात्र कहाँ हो र,
त्यति सानैमा चुरोट खान पनि सिकिसक्यो ।
घर तलको गैरी खेत बाँझो बसेको पनि बर्षौ भैसक्यो ।
गाउँमा अन्नबाली झुली झुली फलेको देख्न पनि छाडिसक्यो ।
तिमीले देखेको अनि सोचेको गाउँ अब धेरै फरक भैसक्यो ।
आजकल त गाउँमा बृद्ध–बृद्धा, आइमाई भुराभुरी मात्र देखिन थालेको छ ।
आजकल त गाउँ उराठ उराठ भएको छ ।
गाउँ नै शुन्य शुन्य भएको छ ।
गाउँ मात्र होइन देश नै भद्रगोल भएको छ ।
देश पुरै लथालिङ्ग भएको छ ।
तिमीले भोट दिएर जिताएका नेताहरु त,
धेरै धनि मान्छे भइसके ।
धेरै ठूलो मान्छे भइसके ।
शहरमा घर गाडि सबै सबै पाइसके ।
त्यसैले होला उनीहरुले त गाउँ पुरै बिर्सीसके ।
हे प्रिय युवा हो ।
तिम्रो गाउँले तिम्रो प्रतिक्षा गरिरहेको छ ।
यहाँ तिम्रो खाँचो परेको छ ।
तिम्रो छोराछोरीलाई अभिवाकत्वको खाँचो छ ।
तिम्रा चाउरी परेका बा–आमाका अनुहारमा खूसी झल्काउनु छ ।
अनि तिम्रो जीवनसङ्गीको अनुहारको चमक फिर्ता लेराउनु छ ।
अनि यो गाउँ र समाजमा रमाइलो वातावरण बनाउनु छ ।
यो देशको विकासमा तिम्रो योगदानको खाँचो पुरा गर्नुछ ।
हे प्रिय युवा हो ।
अब त यसो सोच्ने पो हो कि ।
अब त यसो आफ्नो ठाउँ फर्कने पो हो कि ।