युवाहरुको सामाजिक र आर्थिक अवस्था सुदृढ गर्ने उद्देश्यले विश्वभर मनाइने, विश्व युवा दक्षता दिवसको उपलक्ष्यमा संपुर्ण युवायुवतीहरुमा धेरै धेरै शुभकामना अनि उत्तरोत्तर प्रगतिको कामना ।छातिमा जोस र पाखुरीमा बल भए पनि उचित सिप र दक्षताको अभावले गर्दा युवायुवतिहरुले आफ्नो आर्थिक र सामाजिक अवस्था सुदृढ गर्न सकिरहेका छैनन । उनीहरुलाई बेरोजगारीको समस्याले पिरोलेको छ । रोजगार भइहाले पनि कम पैसामा काम गर्न बाध्य छन । वयस्कहरुको तुलनामा युवाहरुले बढि काम गर्ने भएपनि सिप र दक्षताको अभावको कारणले पारिश्रमिक भने कम पाउने गरेका छन ।
अँझ हाम्रो देशमा त झन बेरोजगारीको समस्या अँझ बढि डरलाग्दो छ । हाम्रो जस्तो विकासोन्मुख देशले त झन जोशिला र बलिया वर्गमा पर्ने युवाहरुलाई सिप सिकाएर र दक्ष बनाएर काम लिएमा देश विकासको लागि कोशे ढुङ्गा सावित हुनेछ, साथसाथै युवाहरुको दक्षता, क्षमता अनि अवस्था सुदृढ हुनेछ । त्यसैले सरकार, स्थानिय निकाय र युवाहरुको लागि भनेर सञ्चालित एन.जि.ओ, आइ.एन.जि.ओ.हरुको यस प्रति ध्यान जाओस कि, सुरुमा त युवाहरुलाई शिक्षित बनाउनु प–यो, सिप सिकाउनु प–यो त्यसपछि अनि दक्षता हाँसिल गर्न सिकाउनु प–यो । अँझ बढि मनन योग्य कुरा त युवाहरु आफैँ पनि सिप र दक्षताको लागि लागिपर्नु प–यो, जागरुक हुनुप–यो ।
अन्तमा फेरीपनि संपुर्ण युवाहरुमा विश्व युवा दक्षता दिवसको शुभकामना ।