आजकल त गाउँ उराठ उराठ भएको छ

आफ्नो देश छाडि खाडि पसेका ए युवा हो ।
मरभुमीमा पसिना बगाई महल ठडाउने,
अनि हरियाली बनाउने ए युवा हो ।
तिमीले छोडेर गएका घना जङ्गलहरु डढेलोले उराठ बनाइसक्यो ।
तिमीले खेति गर्ने फाँटहरु,
प्लटिङले टुक्रा टुक्र भइसके ।
तिम्रो जीवनसङ्गीको तिमीले देखेको,
त्यो हँसिलो अनुहारमा चमक हराएर फिक्का फिक्का देखिन थालिसक्यो ।
तिमीले देखेको तिम्रा बा–आमाको कालो कपाल फुलेर सेतै भइसके,
अनि अनुहारभरी चाउरी परिसके ।
तिमी बिदेश जाँदा, पेटमा भएको तिम्रो छोरोले,
तोते बोलीमा बाबा भनेको तिमीले सुन्नै नपाइकनै,
उ स्कुल जाने भइसक्यो ।
त्यतिमात्र कहाँ हो र,
त्यति सानैमा चुरोट खान पनि सिकिसक्यो ।
घर तलको गैरी खेत बाँझो बसेको पनि बर्षौ भैसक्यो ।
गाउँमा अन्नबाली झुली झुली फलेको देख्न पनि छाडिसक्यो ।
तिमीले देखेको अनि सोचेको गाउँ अब धेरै फरक भैसक्यो ।
आजकल त गाउँमा बृद्ध–बृद्धा, आइमाई भुराभुरी मात्र देखिन थालेको छ ।
आजकल त गाउँ उराठ उराठ भएको छ ।
गाउँ नै शुन्य शुन्य भएको छ ।
गाउँ मात्र होइन देश नै भद्रगोल भएको छ ।
देश पुरै लथालिङ्ग भएको छ ।
तिमीले भोट दिएर जिताएका नेताहरु त,
धेरै धनि मान्छे भइसके ।
धेरै ठूलो मान्छे भइसके ।
शहरमा घर गाडि सबै सबै पाइसके ।
त्यसैले होला उनीहरुले त गाउँ पुरै बिर्सीसके ।
हे प्रिय युवा हो ।
तिम्रो गाउँले तिम्रो प्रतिक्षा गरिरहेको छ ।
यहाँ तिम्रो खाँचो परेको छ ।
तिम्रो छोराछोरीलाई अभिवाकत्वको खाँचो छ ।
तिम्रा चाउरी परेका बा–आमाका अनुहारमा खूसी झल्काउनु छ ।
अनि तिम्रो जीवनसङ्गीको अनुहारको चमक फिर्ता लेराउनु छ ।
अनि यो गाउँ र समाजमा रमाइलो वातावरण बनाउनु छ ।
यो देशको विकासमा तिम्रो योगदानको खाँचो पुरा गर्नुछ ।
हे प्रिय युवा हो ।
अब त यसो सोच्ने पो हो कि ।
अब त यसो आफ्नो ठाउँ फर्कने पो हो कि ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s