बिचार बिशेष (Article)

जाग नेपाल

लगभग चार हजार गाउँहरु मिलेर बनेको हाम्रो देशमा प्रत्येक गाउँ वा ठाउँमा आ–आफ्नै चाल चलन भाषा, भेषभुषा, सभ्यता र संस्कृति छन् । पन्ध्र मिटरको दुरीमा रहेको वल्लो गाउँ र पल्लो गाउँमा बस्ने मानिसहरुको अलग भाषा छ, अलग धर्म छ अनि अलग संस्कार र संस्कृति छ ।
चार बर्ण छत्तिस जातको साझा फूलबारी भनेर चिनिने सुन्दर देश नेपाल क्षेत्रफलको आधारमा सानो भएर पनि भौगोलिक, सामाजिक, सांस्कृतिक अनि धार्मिक विविधताले गर्दा विशाल देशहरुको हैसियतमा रहने क्षेमता राख्दछ ।
आजको विश्वको सबैभन्दा महत्वपूर्ण र आवश्यक विषय भनेको शान्ति हो र त्यो शान्ति सदियौँ देखि विविधताको बाबजुद पनि हजारौँ गाउँहरु मिलेर बसेको उदाहरणलेनै देखाउँछ । अलग धर्म, जात, भाषा र संस्कृतिको पनि उत्तिकै सम्मान दिने नेपालीहरु साँच्चिनै महान छन् ।
धर्मको नाममा डरलाग्दो साम्प्रदायिक दङ्गा र युद्ध भइरहेको आजको विश्वमा, धर्मको नाममा इतिहाँसमा नै कहिल्यै युद्ध नभएको नेपालमा यति धेरै विविधता भएर पनि मिलेर बसेका नेपालीहरुको देशलाई सुन्दर, शान्त अनि महान भन्न कञ्जुस्याइँ गरिरहनु पर्दैन जस्तो लाग्छ ।
अफ्ठेरो राजनितिक विपदको अवस्थालाई पूर्ण रुपमा अलग अलग विचारधारा र सिद्धान्तका समुहहरु पनि मिलेर शान्तिपूर्ण रुपमा अघि बढिरहेको हाम्रो देश साँच्चै नै उदाहरणीय छ ।
राजनितिक विपत्तिले गर्दा एक दशक सम्मनै शान्ति खलबलिए पनि गौतम बुद्ध र ऋषी मुनीहरुको पबित्र भूमीमा जन्मिएर हुर्किएका नेपालीहरुमा फेरी शान्ति प्रतिको चाहना र लगाब जागेर आएको छ ।
नेपाल भन्ने बित्तिकै सुन्दर अनि शान्त भूमी भनेर चिनिने हाम्रो देशको परिचय पूर्णरुपमा फर्कदैछ र विश्वलाई पाठ पढाउने क्षेमता राख्दैछ ।
अब हामी सबैले एक लक्ष्य लिनुपर्छ कि विश्व शान्तिको आह्वान गर्दै एक नयाँ अध्याय सुरु गर्नुपर्छ र त्यसको नेतृत्व नेपालले लिनुपर्छ । विश्वमा हुने शान्ति बार्ताको समन्वय कर्ता नेपाल होस, अनि त्यसको स्थान पनि नेपालनै होस । नोबल पिस प्राइज जस्ता कुनै पनि शान्ति सम्बन्धि पुरस्कार नेपालको भूमीबाट प्रदान गरियोस । पिस प्राइज नेपाली बाहेक अरु व्यक्तिले पाउँदा दुनियाले अचम्म मानुन ।
बिश्वका ठूला ठूला व्यवसायीहरु नेपालमा आफ्नो लगानी छ भनेर मख्ख परुन र उनीहरु नेपाली भूमिमा आएर चिसो हावा खाँदै शान्त फिल गर्दै लामो सास फेर्न हतारिउन । विश्वका राजनितिज्ञहरु विश्व शान्तिको लागि आफू पनि प्रयासरत छु भनेर देखाउनको लागि नपालका नेताहरुसँग मिलेर हात मिलाउँदै फोटो खिच्न लालायित होउन । नेपाल घुम्नको लागि अवसर पाउने पर्यटकहरुले आफूलाई भाग्यमानी ठान्दै स्वदेश फर्किसकेपछि पनि गर्व गर्दै आफन्त माझ नेपालको बखान गरुन अनि फेरी पनि नेपाल घुम्न जाने कल्पनामै पनि मख्ख परुन ।
माथि उल्लेखित विषय अलिक बढि महव्वाकांक्षि र अपत्यारिलो जस्तो लागे पनि त्यसको प्रयास गर्न नै डराउनु चाहिँ नपर्ला र असम्भव नै छ पनि भन्न नमिल्ला ।


तर सम्पूर्णमा मेरो यति मात्र अनुरोध छ कि –––
– समाजमा अनि देशमा घटिरहेको घटना र अवस्थालाई निस्वार्थ भावले सत्य र गलत छुट्याउनु होला । कुनै एउटा नेता वा व्यक्तिले आफ्नो व्यक्तिगत वा पारिवारिक फाइदा र स्वार्थको लागि मात्र सिद्धान्तको नाममा समाज भाँड्ने काम गरिरहेको छ भने, गलत भन्ने आँट गर्नुहोस र सर्वसम्मतिले समाजबाटै वहिष्कार गर्नुहोस ।
– देशको शान्ति र सुव्यबस्थामा खलल पु–याउने मनसायले सञ्चालित कुनै पनि कार्यक्रममा सामेल नहोउँ र त्यस्ता गतिविधि सञ्चालन गर्ने व्यक्तिलाई तिरस्कार गरौँ अनि कारबाहीको कठघरामा उभ्याउँ ।
– सुन्दर देश नेपाललाई विश्वसामु शान्ति भूमीको नाममा परिचित गराउन हामी एक–एक नागरिकले आ–आ–आफ्नो ठाउँबाट योगदान पु–याउँ । पुर्खाले हस्तान्तरण गरेको यो भूमी बिगारेर होइन बरु अँझ बढि सपारेर हाम्रा सन्ततीलाई हस्तान्तरण गरौँ ।
– पल्लो गाउँको मानिसको संस्कारलाई पनि सम्मान गरौँ अनि वल्लो गाउँको मानिसको भाषा र संस्कृतिलाई पनि हेयको दृष्टिले नहेरौँ । तल्लो गाउँको मानिसले मान्ने धर्म र आफ्नो धर्म अलग हुँदैमा पराई नठानौँ । वारी गाउँको मानिसको जात र पारी गाउँको मानिसको जात अलग छ भन्दैमा छुनै नहुने, पानीनै नचल्ने जस्ता अन्धविश्वासले भरिएका यी र यस्ता अन्य कुरितिलाई आजको विश्वमा पूर्ण रुपमा अन्त्य गरौँ ।
– एक मानवले अर्को मानवलाई पशुलाई जस्तो व्यबहार नगरौँ अनि यो शान्त भूमीमा सबैले सबैको अस्तित्व स्विकार गरौँ ।

जय देश, जय नेपाल, जय जनता ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s